महाअभियोग सिफारिस समितिमा बयान दिन सिंहदरबार पुगे चोलेन्द्र

महाअभियोग सिफारिस समितिमा बयान दिन सिंहदरबार पुगे चोलेन्द्र


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरा बयान दिन सिंहदरबार पुगेका छन् । जबराको बयान महाअभियोग सिफारिस समितिले लिँदैछ । जबरालाई समितिले बुधबार बिहान ११ बजे बयानका लागि बोलाएको थियो । बैठक केहीबेरपछि सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा सुरु हुँदैछ । समितिले जबरालाई सोध्नका लागि विभिन्न ढाँचामा प्रश्नहरु बनाएको छ ।

महाअभियोग सिफारिस समिति ११ सदस्यीय रहेको छ । एमालेबाट विष्णु पौडेल, कृष्णभक्त पोखरेल, शिवमाया तुम्बाहाङ्फे र लालबाबु पण्डित, कांग्रेसबाट रामबहादुर विष्ट र मीनबहादुर विश्वकर्मा, माओवादीबाट रेखा शर्मा र यशोदा सुवेदी गुरुङ, एकीकृत समाजवादीबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह तथा लोसपाबाट एकबाल मियाँ छन् ।