जबराले भने: महाभियोग प्रस्ताव निष्क्रिय भइसक्यो, मलाई न्याय चाहिन्छ

जबराले भने: महाभियोग प्रस्ताव निष्क्रिय भइसक्यो, मलाई न्याय चाहिन्छ

म विधि-पद्धतिबाट आएको हुँ, पार्टी र मिडियाको दबाबमा काम गर्दिनँ


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको महाभियोग सिफारिस समितिमा बयान दिएका छन् ।

संघिय संसद प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिन उपस्थित भएका जबराले आफूविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको बताएका हुन् । साथै उनले आफूलाई न्याय दिनका लागि समितिलाई आग्रह पनि गरे ।

महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो भनाइ राख्ने क्रममा राणाले संविधान र आफ्नै नियमावली संसदले पालना नगरेको भन्दै महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको जिकिर गरे । ‘महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । म संसद्को सम्मानको लागि नागरिकका हिसाबले आएको हुँ । यो प्रस्ताव संविधान र नियमावली संसद्ले पारित गरेन’, उनले भने, ‘मैले यहाँबाट न्याय पाउनुपर्छ ।’

जबराले अदालतमा गुटबन्दी हुनुको कारण आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने महत्वाकांक्षा रहेको दावी गरे । कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव आफूकहाँ आएको र त्यसलाई अस्वीकार गरेको जबराले प्रष्ट पारे । त्यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको भन्दै जबराले भने, ‘मैले यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको हो ।’

जबाराले कार्कीलाई प्रधानन्यायाधीश बनाउने र आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएको दावी गरे । ‘प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्याय पालिकालाई कमजोर बनाउन खोजिएको छ’, उनले भने, ‘म विधि र पद्धतिबाट आएको हुँ । पार्टीको दबाबमा, मिडियाको दबाबमा काम गर्दिनँ ।’