‘दिपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अश्वीकार गर्दा महाअभियोग ल्याइयो’

‘दिपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अश्वीकार गर्दा महाअभियोग ल्याइयो’


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अश्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको दाबी गरेका छन् ।

संघिय संसद प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिन उपस्थित भएका जबराले अदालतमा गुटबन्दी हुनुको कारण आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने महत्वाकांक्षा रहेको दावी गरे । कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव आफूकहाँ आएको र त्यसलाई अस्वीकार गरेको जबराले प्रष्ट पारे । उक्त प्रस्ताव कसले ल्यायो भन्ने नखुलाए पनि राजनीतिक पार्टी र मिडियाको दबाबमा आफूले काम नगर्ने बताए । उनले कार्कीलाई प्रधान न्यायाधीशको कुर्सीमा राख्नकै लागि आफूमाथि महाअभियोग लगाइएको बताए ।

‘उहाँ (दिपक कार्की) लाई प्रधानन्यायाधीश बनाउनुपर्‍यो भनेर मकहाँ प्रस्ताव आएको थियो तर मैले त्यसलाई अश्वीकार गरेँ’, जबराले महाभियोग समितिमा भने, ‘मैले न्यायपालिका यसरी चल्दैन भनेर अश्वीकार गरेको हो । म विधि र पद्धतिबाट आएको हुँ, पार्टी र मिडियाको दबाबमा काम गर्दिनँ भनेँ ।’

प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको पनि जबराले बताए ।