एमाले प्रवेश गर्न लागेको भन्दै सुदूरपश्चिमका भौतिक राज्यमन्त्री चौधरी बर्खास्त

एमाले प्रवेश गर्न लागेको भन्दै सुदूरपश्चिमका भौतिक राज्यमन्त्री चौधरी बर्खास्त


ग्लोब नेपाल
81
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीबाट बर्खास्त गरेका छन् ।

चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेको स्रोतको दाबी छ । तर एमाले प्रवेश गर्ने चर्चा चलेसँगै उनलाई बर्खास्त गरिएको एक मन्त्रीले पुष्टि गरे । ती मन्त्रीका अनुसार राजीनामा नदिई एमाले प्रवेश गर्न लागेपछि मन्त्रीबाट हटाइएको हो ।

आज नेकपा एकीकृत समाजवादीका संसददेखि प्रदेशका पूर्वमन्त्री सम्मका नेताहरू एमाले प्रदेश गर्ने कार्यक्रम रहेको छ । त्यही सन्दर्भसँग जोडिएर राज्यमन्त्री हटाइएको बुझिएको स्रोतको भनाइ छ ।