गगन थापालाई कास्की-१ बाट उम्मेदवार बनाउन सिफारिस

गगन थापालाई कास्की-१ बाट उम्मेदवार बनाउन सिफारिस


ग्लोब नेपाल
108
Shares

कास्की । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।

कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर १ कांग्रेसले आफ्नो क्षेत्रबाट कांग्रेस उम्मेदवारको रुपमा महामन्त्री थापाको नाम सिफारिस गरेको हो । २०७० र २०७४ सालमा काठमाडौं-४ बाट निर्वाचित भएका थापालाई कास्की–१ बाट उम्मेदवार बनाउन सिफारिस भएको हो ।

आउँदो ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।