सुदूरपश्चिममा माधव नेपाललाई झड्का, प्रभावशाली नेता एमाले प्रवेश

सुदूरपश्चिममा माधव नेपाललाई झड्का, प्रभावशाली नेता एमाले प्रवेश


ग्लोब नेपाल
405
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी(एस) का प्रभावशाली नेताहरु नेकपा एमालेका प्रवेश गरेका छन् ।

कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एसका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेका हुन् । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीसँगै नेकपा एसका पोलिटब्युरो सदस्य तथा निवर्तमान प्रदेश अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द , नेता वीरबहादुर लगायर प्रदेश र जिल्ला कमिटीका सदस्यहरू एमाले प्रवेश गरेका हुन् ।

चुनावको सम्मुखमाप्रभावशाली नेताहरुले विद्रोह गरेपछि नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई सुदूरपश्चिममा ठुलो झड्का लागेको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले महेन्द्रनगरमा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई स्वागत गरेका छन्।

उनीहरुसँगै माओवादी केन्द्रका मोहन गिरीसहित केही कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन्। उनीहरु सबैलाई अध्यक्ष ओलीले गम्छा ओढाएर स्वागत गरेका छन्। स्वागत कार्यक्रमा ओली मुस्कुराइरहेका छन्। केही बेरमा उनले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।