गठबन्धनकाे बैठक आज पनि बस्दै

गठबन्धनकाे बैठक आज पनि बस्दै

गम्भीररुपमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेकाे छैन


ग्लोब नेपाल
216
Shares

काठमाडौं । पाँच दलीय सत्तागठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा गहन छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा गठबन्धनको कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए । साथै बैठक आज बिहान ११ बजे पुनः बस्ने सहमति भएको उनले बताए ।

यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ ।