दोस्रो दिन पनि जबरामाथिको बयान जारी

दोस्रो दिन पनि जबरामाथिको बयान जारी


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ । महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो । समितिले बुधबार पनि उनीसँग बयान लिएको थियो ।

समितिले बुधबार झण्डै चार घण्टासम्म बयान लिएको थियो । समितिका अर्का सदस्य प्रमोद साहका अनुसार जबराले दिएका जवाफमा कतिपय व्यक्तिहरुको नाम जोडिएकाले उहाँहरुसँग पनि बयान लिन सकिने बताएका छन् ।

निलम्बित प्रधानन्यायाधीश राणाका लागि बयान लिन समितिले ४३ वटा प्रश्न तयार तयार गरेको छ । बुधबार चार वटा प्रश्नमाथि मात्र छलफल भएको थियो । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।