एमालेबाट काठमाडौं-४ मा राजन भट्टराईको एकल नाम सिफारिस

एमालेबाट काठमाडौं-४ मा राजन भट्टराईको एकल नाम सिफारिस


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईलाई काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ ।

आगामी प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारका लागि काठमाडौ निर्वाचन क्षेत्र नम्बर ४ बाट एकल उम्मेदवारका रुपमा डा. भट्टराई सर्वसम्मत सिफारिस भएका हुन् । बिहिबार बसेको नेकपा एमाले क्षेत्रीय कमिटी बैठकमा एमाले काठमाडौंका पूर्वअध्यक्ष निर्मल कुइँकेलले दाबी फिर्ता लिएपछि भट्टराईको एक नाम सिफारिस भएको अध्यक्ष विदुरविक्रम खड्काले जानकारी दिए ।

यसअघि बुधबार क्षेत्रीय कमिटी बैठकमा नेता कुइँकेलले पनि आफ्नो दाबी पेस गरेका थिए । २०७० सालमा कांग्रेसका गगन थापासँग पराजित भएका कुइँकेल २०७४ मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।

डा. भट्टराई दोस्रोपटक कांग्रेसका थापासँग प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो चुनावमा झिनो मतान्तरमा पराजित भएका भट्टराईले यसबीचमा प्रधानमन्त्रीको सल्लाहकार भएका बेला सो क्षेत्रको विकासमा बजेट तथा ठूला आयोजनाहरू लगेका कारण पछिल्लो समय उनको प्रभाव बढेको छ ।

भट्टराईको क्षेत्रमा रहेका बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडामध्ये सबै एमालेले जितेको छ भने महानगरपालिकाका चारवटामध्ये एउटामा एमाले र तीनवटामा कांग्रेसले जितेको छ ।