स्वतन्त्र शक्तिको लौरो अभियान घोषणा, को-कहाँबाट लड्दैछन् चुनाव ?

स्वतन्त्र शक्तिको लौरो अभियान घोषणा, को-कहाँबाट लड्दैछन् चुनाव ?


ग्लोब नेपाल
135
Shares

काठमाडौं । ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’को घोषणा गरिएको छ । ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममार्फत अभियानको घोषणा गरिएको हो । 

आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरिएको हो । काठमाडौं-८ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमीसहितले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका हुन् । 

अभियानको संयोजकमा सायमी रहेका छन् । आगामी निर्वाचनमा देशभरबाट स्वतन्त्र उम्मेदवारी दिनेलाई एकत्रित गर्न अभियानको घोषणा गरेको सायमीले बताए । देशभरबाट उठ्ने स्वतन्त्र उम्मेदवारले एउटै चुनाव चिह्न र घोषणपत्र लिएर जनतामाझ जाने गरी अभियान घोषणा गरिएको हो ।

काे कहाँबाट चुनाव लड्दै छन् : 

प्रतिनिधिसभा

मधुसुदन पाठक ‘सिते बा’ – काठमाडौं-५

विद्या श्रेष्ठ महर्जन- काठमाडौं-९

ई. रोहन कार्की- काठमाडौं- २

राजाराम तण्डुकार- ललितपुर-३

भिष्म राना- रुपन्देही-५

सुमन सायमी -काठमाडौं- ८

दर्‍हो स्तम्भ लोकेन्द्र- भक्तपुर-२

प्रदेशसभा

गजेन्द्रकुमार भगत- उदयपुर- १ (क)

विनोद बजगाईँ- काठमाडौं- २ (क)

अनिलकुमार पाण्डे- महोत्तरी-२ (ख)

विजय कालिकोटे- सुनसरी १ (क)