थप २६९ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

थप २६९ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु


ग्लोब नेपाल
54
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोहि अवधिमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्‍यु भएको छ । देशभरका प्रयोगशालाहरुमा ३ हजार ५५७ जनाको नमुना परीक्षणमा २६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

अनुसार १ हजार ७३२ जनाको पीसीआर परीक्षण गर्दा १८० जना र १ हजार ८२५ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ३ हजार ४ जना होम आइसोलेसनमा रहेका छन् भने १५४ जना संस्थागत आइसोलेसन र ४६ जना आईसीयूमा छन् ।यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार २२७ पुगेको छ ।