प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौ ६ बाट उम्मेदवार सिफारिस

प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौ ६ बाट उम्मेदवार सिफारिस


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नम्वर ६ बाट समानुपाति सांसदको लागि सिफारिस भएका छन् ।

क्षेत्रीय समितिको विहिबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातितर्फ सांसदका लागि पुरुषतर्फ उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छन् । गत दश बर्षदेखि काठमाडौं महानगरपालिका वडा नम्वर २६ बाट कांग्रेसको क्रियाशिल सदस्य रहेका परियार यसअघि पार्टीको केन्द्रीय प्रचार विभागको सदस्य पनि थिए ।

कक्षा ८ मा पढ्दा २०४८ सालमा नेविसंघको स्कुल सचिव भएका उनी २०६१ सालमा पार्टी विभाजन भएर नेपाली कांग्रेस र कांग्रेस प्रजातिन्त्रीक हुदा कांग्रेस प्रजातान्त्रीकको भातृ संस्था नेपाल दलित संघको केन्द्रीय कोषाध्यक्ष भएर काम गरेका थिए । त्यसपछि उनी राजनीतिमा केही समय निश्क्रिय हुदै समय साप्ताहिक मार्फत पत्रकारिता पेषा सुरु गरेका थिए । नागरिक दैनिक, अन्नपूर्ण पोष्ट लगायतका संचार माध्यामहरुमा १५ बर्ष विभिन्न पदमा रहेर पत्रकारिता गरेका परियारलाई यसअघि २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुदा वरिष्ठ संचार विज्ञमा नियुक्त गरेका थिए । उनको प्रधानमन्त्रीको प्रेस सल्लाहकारको रुपमा यो दोस्रो कार्यकाल हो ।

अमेरिकाको ओहायो विश्वविद्यालयबाट पत्रकारिता अध्ययन गरेका परियारले समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । उनीले सन् २०१२ मा बेलायतको थम्सन फाउण्डेशनबाट खोज पत्रकारिता पुरस्कार पनि पाएका थिए । उनले पत्रकारिताका विभिन्न विधामा बेलायत, अमेरिका, अष्ट्रेलिया र नेदरल्याण्डबाट अध्ययन तथा तालिम लिएका छन् । पछिल्लो समय राजनीति अभियान र राजनीतिक संवादमा विभिन्न संस्था मार्फत काम गर्दै आएका थिए ।