संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदीय समितिमा पठाइयो

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदीय समितिमा पठाइयो


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रतिनिधि सभाकाे बैठकले संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माणका लागि सरकारले ल्याएको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ । 

शुक्रबार बसेकाे प्रतिनिधि सभाकाे बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ दफावार छलफलका लागि समितिमा पठाएको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले राखेको उक्त विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा स्वीकृत गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा मन्त्री कोइरालाले प्रमुख प्रतिपक्षका सांसदले गरेको मागबमोजिम नै आफूले उक्त विधेयक दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गरेको बताए ।

विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले यो निकै महत्त्वपूर्ण विधेयक भएको, सरोकारवालाले चासो देखाएको टिप्पणी गर्दै समितिमा छलफल गराई सबैलाई स्वीकार्य हुने गरी अघि बढाउन माग गरेकाले आफूले सोहीअनुसार विधेयकलाई समितिमा पठाउन प्रस्ताव गरेको उनले बताए ।

मतदान गर्न

बाँकी