पहिलो एकदिवसीयमा नेपाललाई केन्याले दियो २१९ रनको लक्ष्य

पहिलो एकदिवसीयमा नेपाललाई केन्याले दियो २१९ रनको लक्ष्य


ग्लोब नेपाल
54
Shares

काठमाडौं । घरेलु टोली केन्याले पहिलो एकदिवसीय खेलमा नेपाललाई जितका लागि २ सय १९ रनको लक्ष्य दिएको छ ।

केन्याको राजधानी नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४८.१ ओभरमा अलआउट हुँदै २१८ रनको योगफल खडा गरेको हो । केन्याले सुरुवाती ४ विकेट सस्तैमा गुमाएको थियो ।

केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय इनिङ खेले । पटेलले ६७ तथा ओबुयाले ६२ रन बनाए । ईफ्रान करिमले ३१ तथा सचिन बुदियाले २७ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिए । आदिल आलम र पवन सर्राफले समान १/१ विकेट लिए । केन्याविरुद्ध उत्कृष्ट सुरुआत गरेको नेपालले ४९ रनमा ४ विकेट लिएको थियो । तर, पाँचौं विकेटका लागि रकिप पटेल र कोलिन्स ओबुयाले १ सय ३० रनको साझेदारी गर्दै केन्याको इनिङ उकासेका थिए ।

आज नेपाल केन्यालाई हराउँदै सुखद सुरुआतको योजनामा रहेको छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।