राष्ट्रिय सभा विषयगत समितिका सभापतिहरुको निर्वाचन २३ भदौमा

राष्ट्रिय सभा विषयगत समितिका सभापतिहरुको निर्वाचन २३ भदौमा


ग्लोब नेपाल
81
Shares

काठमाडौं । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते हुने भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले शुक्रबार ४ वटा समितिको सभापति चयनका लागि भदौ २३ को मिति तोकेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए। यससँगै करिब सात महिनादेखि रिक्त रहेका राष्ट्रिय सभाका चारवटा विषयगत समितिले भदौ २३ गते नेतृत्व पाउने भएका हुन् । अध्यक्षको निर्देशनपछि सचिव फुयालले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछन् ।

राष्ट्रिय सभाका विषयगत समितिका सभापति पदहरु कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल विदा भएका थिए । रिक्त राष्ट्रियसभा सदस्य पदमा १२ माघ २०७८ मै नयाँ सदस्य निर्वाचित भएका थिए, उनीहरु राष्ट्रियसभामा क्रियाशील छन् ।

५९ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक दुईरदुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ । राष्ट्रिय सभाको नियमावलीमा एक तिहाइ सदस्यको पद रिक्त भएपछि समिति पुनर्गठन र सभापति हेरफेर गर्नुपर्ने व्यवस्था छ ।

 समयमै सभापति चयन हुन नसकेको भनी आलोचना भइरहेका बेला दलहरुक बीचमा सभापतिहरुको निर्वाचन भदौ २३ गते गर्ने सहमति जुटेको हो ।