सिन्धुपाल्चोक-१ मा कांग्रेसबाट मोहन बस्नेतको नाम सर्वसम्मत

सिन्धुपाल्चोक-१ मा कांग्रेसबाट मोहन बस्नेतको नाम सर्वसम्मत


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले मोहनबहादुर बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ।

पाँच दलीय गठबन्धन भए पनि कुनै हालतमा अरुलाई नछाड्ने अडानमा रहेका बस्नेतको नाम कांग्रेस निर्वाचन क्षेत्र नम्बर १ कार्य समितिले उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो। उक्त निर्वाचन क्षेत्र माओवादी नेता तथा प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको पनि हो ।

अब उनको नामलाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले थप निर्णयसहित माथिल्लो कार्य समितिमा पठाउने भएको छ।

क्षेत्रीय कार्य समितिले प्रतिनिधिसभा समानुपातिकतर्फ सिद्धबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्यको नाम सिफारिस गरेको छ।

मतदान गर्न

बाँकी