यूएई संसदका उपाध्यक्ष नेपालमा

यूएई संसदका उपाध्यक्ष नेपालमा


ग्लोब नेपाल
108
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) संसदका उपाध्यक्ष मोहम्मद अहमद अल यामाही दुईदिने नेपाल भ्रमणमा आएका छन् ।

मुस्लिम आयोगको निमन्त्रणामा नेपाल आएका यामाहीलाई नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदुत सइद हमदन मोहम्मद अल नक्बी, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र आयोगका सदस्यहरूले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । मुस्लिम आयोगको स्वागत कार्यक्रममा मुस्लिम आयोग, नेपालका अध्यक्ष समिम मियाँ अन्सारीले भेटमा नेपालीहरुले युएईको सुन्दरता र समृद्धिको लागि ठूलो योगदान गरेको स्मरण गरेकाे बताए ।

दुई दिने नेपाल भ्रमणमा आएका यामाहीले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गर्ने कार्यक्रम छ ।

यामाही दुई महिनापछि अरब मुलुकका २२ देश सदस्य रहेको अरब लिगको महासचिव नियुक्त हुँदै हुनुहुन्छ । अरब लिगको सचिवालय इजिप्टमा छ ।