रोहितको कप्तानीमा नेपालले केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै

रोहितको कप्तानीमा नेपालले केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै


ग्लोब नेपाल
54
Shares

काठमाडौं । रोहितकुमार पौडेलको कप्तानीमा नेपालले आज केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै छ । केन्याको नैरोवीस्थित जिमखाना मैदानमा उक्त खेल अहिले पौने एक बजे सुरु हुँदैछ ।

यसअघि पौडेलकै कप्तानीमा नेपालले केन्यासित शुक्रबार पहिलो एकदिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपाल सात विकेटले विजयी भयो । केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ दशमलव दुई ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो । सो खेलमा नेपालका लागि आसिफ शेखले शतकीय पारी खेलेका थिए । उनले ११० रनको योगदान दिए । यस्तै अर्जुन साउदले ६१ रनको अद्र्धशतकीय पारी खेले ।

जितसँगै नेपालले तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । नेपालले यसअघि केन्याविरुद्ध पाँच खेलको टी–२० क्रिकेट सिरिज खेलेको थियो । नेपालले उक्त सिरिज ३–२ ले जित्यो । टी–२० सिरिजको कप्तानी नियमित कप्तान सन्दीप लामिछानेले गरेका थिए । उक्त सिरिज सम्पन्न भएपछि लामिछाने क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएका छन् ।

लामिछाने सीपीएलमा जमैका तालावाजमा आवद्ध छन् । नेपालले केन्यासितको अन्तिम एकदिवसीय खेल सोमबार खेल्ने तय भएको छ ।