साताका सात तस्वीर

साताका सात तस्वीर


ग्लोब नेपाल
81
Shares

काठमाडौं । हामीले यसमा साताभरिका पर्यटकिय एवं मनोरम क्षेत्रका उत्कृष्ट सात तस्वीर समावेश गरेका छौँ ।

हेर्नुहोस् देशभरका केहि महत्वपूर्ण तथा रमाइला पर्यटकिय क्षेत्रका तस्वीरहरु

भोजपुरको पाँचधारे डाँडाको चरण क्षेत्रमा चर्दै गरेका गाईभैंसी । यस क्षेत्रका मानिसले पशुपालनबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको जुुगल गाउँपालिका– मा समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा अवस्थित एकपटक पुग्नैपर्ने सुन्दर पर्यटकीय धार्मिकस्थल स्यापल पोखरी ।

हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका वडा नं १ टुकुचेस्थित निरज तुलाचनको आइपिएम फर्ममा फलेका स्याउ सङ्कलन गरिँदै ।

जुम्लाको तातोपानी गाउँपालिका– १ का किसानले तिला नदीको छेउछाउमा उत्पादन गरेको मार्सी धानको फाँट ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को पर्यटकीयस्थल खयरखोलाको उपत्यका र पर्यटकको बसोबासका लागि बनाइएको अस्थायी आवास क्षेत्र । पाउद्वारदेखि खोप्रा हुँदै खयर क्षेत्र पर्यटकको लागि आकर्षणको केन्द्र बनेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बेलडाँडी क्षेत्रमा कालोपत्रे हुन नसकेको हुलाकी राजमार्ग । हुलाकी राजमार्ग कालोपत्रेका लागि ठेक्का भएको तीन वर्षभन्दा बढी बिते पनि कालोपत्रे नहुँदा धुलाम्मे र खाल्डाखुल्डी भएको सडकमा सवारीसाधन गुडाउनु पर्ने यस क्षेत्रका बासिन्दालाई बाध्यता छ ।
मुगुको छायानाथ रारा नगरपालिका वडा नं ५ का किसान आफ्नो बगैचाको स्याउ टिप्दै । यहाँका किसानहरु अहिले स्याउ टिप्न व्यस्त छन् ।
बारेकोट गाउँपालिका–४ स्थित पाटन क्षेत्रमा घरपालुवा पशुचौपायाहरु विरामी पर्न थालेपछि पाटन क्षेत्रमा रहेको घासको अवस्था बारे बुझ्नका लागि लिइएका तस्बिरहरु । यहाँ रहेका पाटनहरु पशुचौपायालाई घास खुवाउने गरिन्छ ।