नेपाल प्रहरीको महानिरीक्षकमा मनोज केसी नियुक्त, दानबहादुर कार्की हटाइए

नेपाल प्रहरीको महानिरीक्षकमा मनोज केसी नियुक्त, दानबहादुर कार्की हटाइए


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी मनोजकुमार केसी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर उनको ठाउँमा केसीलाई नियुक्त गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको ठाडो प्रस्तावमा कार्कीलाई हटाएर केसीलाई नियुक्त गरिएको हो । बालेन धेरैअघिदेखि महानिरीक्षक कार्कीलाई हटाउन चाहन्थे । तर गृहमन्त्री सुधन गुरुङ महानिरीक्षकबाट कार्कीलाई हटाउन चाहँदैनथे ।

कार्कीलाई विवादमा पारेर हटाउन केही दिनअघि मात्र पत्रकार र मिडियामा आतंक मच्चाइएको थियो । मिडिया र पत्रकारमाथि धरपकड गरेपछि आइजी कार्की विवादमा तानिएका थिए ।