काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्ना पूर्वसहकर्मी तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमालेमा फर्कन आह्वान गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले सम्पर्क कमिटीले शनिबार काठमाडौंमाआयोजना गरेको वृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले एकीकृत समाजवादीलाई जनताले अस्वीकार गरिसकेकाले नेकपा एमालेमा आउन आग्रह गरे ।
नेम्वाङले एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय तहको निर्वाचनमा ४ प्रतिशत मत पनि कटाउन नसकेको टिप्पणी गरे । ‘जनताले अदालतले उहाँहरूको अस्तित्वलाई अस्वीकार गर्यो’, उनले भने, ‘त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु, नेकपा एमालेमा फर्केर आउनुस् ।’
माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा १७ प्रतिशत मत ल्याएपनि गत स्थानीय निर्वाचनमा १२ प्रतिशत मतमा खुम्चिएको दाबी गरे । स्थानीय चुनावमा लोकप्रिय मतको आधारमा एमाले पहिलो पार्टी बनेको र सत्तारुढ नेपाली कांग्रेस गठबन्धन बेगर एमालेको आँखा जुधाएर हेर्न नसक्ने अवस्थामा पुगेको उपाध्यक्ष नेम्वाङले बताए ।
प्रतिक्रिया