टिकटकर तान्याको निधन

टिकटकर तान्याको निधन



लसएञ्जल्स । ‘मिस क्यानाडा’को सेमिफाइनलिष्ट भइसकेकी २१ वर्षीया टिकटकर तान्या परदाजीको स्काइडाइभिङका क्रममा निधन भएको छ । समाचारअनुसार उनी सोलो स्काइडाइब गरेकी थिइन । त्यहीबेला उनको प्यारासुट खुलेन र त्यहाँबाट झर्दा उनको मृत्यु भएको थियो । उनको ट्वीटर प्रोफाइलमा करिब ९५ दशमलब ४ हजार र टिकटकमा एक लाखभन्दा बढी फलोअर्स थिए ।

फिलोसोफीकी छात्रा तान्या एक विश्वविद्यालयमा अध्ययनरत थिइन् । सन् २०१७ मा ‘मिस क्यानाडा’ सौन्दर्य प्रतियोगितामा भाग लिएकी उनी सेमिफाइनलिस्ट बनेकी थिइन् । आफ्नो टिकटक एकाउण्टमा उनी साइकोलोजी, एलियन र इतिहासका बारेमा कुरा गर्थिन् ।

तान्या २७ अगष्टमा सोलो स्काइडाइभका लागि गएकी थिइन् । स्काइडाइभमा प्यारासुट सही समय नखुलेको र खुले पनि प्यारासुटमा हावा नभरिएकाले उनी सिधा जमिनमा खसेकी थिइन् । उनलाई अस्तपालमा भर्ना गरिए पनि डाक्टरले बचाउन सकेनन् ।