प्रधानमन्त्री देउवा र प्रचण्डबीचको भेटमा के कुरा भयो ?

प्रधानमन्त्री देउवा र प्रचण्डबीचको भेटमा के कुरा भयो ?


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँडको सकस भइरहँदा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान भएको छलफल सीट बाँडफाटमा केन्द्रित भएको जनाएको हो।

काँग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँड कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष तहमै छलफल भएको हो। कार्यदलमा पाँच दलले आ–आफ्नै दाबी पेश गरेका छन्। १६५ निर्वाचन क्षेत्रमा २ सय ३१ क्षेत्रका लागि आ–आफ्नै दाबी परेको छ।

काँग्रेसले १०० सिटमा दाबी गर्दा माओवादीले ६० सिट नछाड्ने अडान लिएको छ। त्यस्तै एकीकृत समाजवादीले उभ्रेको सिट नलिने भन्दै ४० सिट दाबी गर्दै आएको छ। यस्तै जनता समाजवादीले ३२ तथा राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको छ।

मतदान गर्न

बाँकी