जबरासँगको बयान आजलाई सकियो, झण्डै १ सातालाई बैठक स्थगित

जबरासँगको बयान आजलाई सकियो, झण्डै १ सातालाई बैठक स्थगित


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान २५ गतेसम्मका लागि स्थगित भएको छ ।

निलम्बित प्रधानन्यायाधीश जबरासँग समितिले आज पाँचवटा प्रश्न सोधेको थियो । आजको बैठक एक घन्टा बसेको थियो । आइतवार चोलेन्द्रसँग तेस्रो दिन बयान लिइएको हो । ४३ वटा प्रश्न तयार पारिएकोमा ३ दिनमा जम्मा ११ वटा प्रश्नमाथिको बयान सकिएको छ ।

एक घन्टामा पाँच प्रश्न सोधिएको थियो । निर्वाचनको तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।