थप २२१ जनामा कोरोना संक्रमण पुष्टि

थप २२१ जनामा कोरोना संक्रमण पुष्टि


ग्लोब नेपाल
54
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ५८ जनाको परीक्षणमा २२१ जनामा संक्रमण पुष्टि भएको हो । देशभरका प्रयोगशालाहरु १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै देशभरमा सक्रिय संक्रमित २ हजार ४४४ जना रहेको मन्त्रालयको भनाइ छ ।