धनगढी । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सीट बाँडफाँट टुंगिने चरणमा पुगेको बताएका छन् ।
मंगलबार बिहान धनगढी पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै संघ र प्रदेशका सबै क्षेत्र एकै पटक टुंगिने बताए । उनले दाबी आ(आफ्नो भएपनि सहमतिमै निष्कर्षमा पुगिने बताए ।उनले बुधबार (भोलि) शीर्ष तहका नेताहरु बसेर सिट टुंगो लगाउने तयारी भइरहेको जानकारी दिए ।
माओवादी केन्द्रले पनि ६० सिटमा दाबी गरेको भन्दै उनले त्यसकै वरिपरि सहमति जुट्ने विश्वास व्यक्त गरे। नेपाली कांग्रेसले सुरुमा एक सय सिटमा दाबी गरे पनि ८० सिट आसपासमा सहमति हुने सम्भावना रहेको प्रचण्डले बताए।
‘कांग्रेस १०० सीट दाबी गरेको थियो ८० को वरिपरि आउने सम्भावना बढ्दो छ । हामीले ६० भनेका छौं केही तलमाथि होला’, प्रचण्डले भने, ‘समाजवादीको २५ वरिपरि होला । यसैलाई आधार बनाएर अहिले सबैजना बसेर टुंग्याउने छौं । मिल्न बाँकी भयो भने शीर्ष नेता बसेर टुंग्याउँछौं ।’


प्रतिक्रिया