गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित 

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित 


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि छलफल गर्दै निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो । आवश्यक गणपूरक संख्या ६९ जना रहनुपर्नेमा ५८ जनाको उपस्थिति रहेकाले बैठक स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए ।