प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेको भेटवार्ता

प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेको भेटवार्ता


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

मंगलबार सेनाध्यक्ष पाण्डे नेतृत्वको भारतीय टोलीले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवासँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ता भएको नेपाली सेनाको मुख्यालयले जनाएको छ ।

जनरल पाण्डेले आज बिहान माउण्टेन फ्लाइट गरेका थिए। त्यसपछि उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी उक्त कलेजको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल हासिल गरेका नेपाली सेनाले जनाएको छ।

सो क्रममा उनले उक्त कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गरेका थिए। साथै, जनरल पाण्डेले भोलि भदौ २२ गते मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरी सोही दिन पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

औपचारिक भ्रमणका क्रममा आइतबार नेपालमा आएका पाण्डे बिहीबार स्वदेश फर्कँदैछन् ।