सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस


ग्लोब नेपाल
432
Shares

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस भएको छ ।

न्याय परिषदको मंगलबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि ३ जनाको नाम सिफारिश गरेको हो । न्याय परिषद् स्रोतका अनुसार नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम न्यायाधीशका लागि सिफारिश गरिएको हो।

सर्वोच्चको न्यायाधीश सिफारिस भएकामध्ये नीता गौतम दिक्षीत उच्च अदालतको मुख्य न्यायाधीश हुन् भने विनोद शर्मा कामु मुख्य न्यायाधीश हुन् । वरिष्ठ अधिवक्ता तथा प्राध्यापक पराजुली नेपाल ल क्याम्पसका प्रमुखसमेत हुन् ।