काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेल अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले सुरुआती अग्रता बनाएको छ ।
नेपालकी सुपरस्टार स्ट्राइकर सावित्रा भण्डारीले वर्षाले प्रभावित खेलको १२औं मिनेटमा डेब्यूटेन्ट अमिसा कार्कीको पासमा गोल गरी नेपाललाई अग्रता दिलाएकी हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा सावित्राले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएकी हुन् ।
खेलको १२ औं मिनेटमा अमिषा कार्कीको पासमा सावित्राले गोल गरेकी हुन् । सावित्राले तीन वर्षपछि राष्ट्रिय टिमबाट गोल गरेकी हुन् । २०७६ मंसिरमा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदयता उनी पहिलोपल्ट राष्ट्रिय टिमबाट खेलेकी हुन् र गोल गरेकी हुन् ।
प्रतिक्रिया