सर्वोच्चले खारेज गर्यो कमल थापाको रिट, गाई चुनाव चिन्ह नपाउने

सर्वोच्चले खारेज गर्यो कमल थापाको रिट, गाई चुनाव चिन्ह नपाउने


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सार्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको रिट खारेज गरेको छ।

आफ्नो पार्टीले गाई निर्वाचन चिन्ह पाउनुपर्ने माग गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले दिएको रिट मंगलबार खारेज हुने फैसला सर्वोच्चले सुनाएको हो । यससँगै अब कमल थापाले गाई चुनाव चिन्ह पाउने बाटो बन्द भएको छ ।

गाई चुनाव चिह्नमाथिको थापाको दाबी खारेज भएसँगै अब आयोगले दिएको तीर चुनाव चिह्नबाटै राप्रपा नेपाल चुनावमा जानुपर्ने भएको छ। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापाद्वारा दर्ता रिट मंगलबार खारेज गरेको हो।

यो रिट खारेजीसँगै अब निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्र छपाई अघि बढाउने भएको छ।

निर्वाचन आयोगले थापा नेतृत्वको राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिइसकेको छ। तर त्यसविरुद्ध थापा अदालत गएका थिए।