चार पदमा गठबन्धनको गाँठो

चार पदमा गठबन्धनको गाँठो

आज सहमति गरेर प्रतिवेदन तयार पार्ने प्रयास


ग्लोब नेपाल
540
Shares

काठमाडौं । सिट बाँडफाँटको विवाद लगभग मिलिसकेको भए पनि मुख्य चार पदमा कुरा नमिलेपछि सत्तारुढ गठबन्धन बीचको गाँठो फुक्न सकेको छैन । पाँच दलीय सत्ता गठबन्धनमा निर्वाचनपछि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभा अध्यक्ष पद को-कसले लिने भन्ने विवादमा कुरा अड्किएको छ । गठबन्धनभित्र यी पदमा ‘बार्गेनिङ’जारी छ । सम्भवत: आज सहमति गरेर प्रतिवेदन तयार पार्ने प्रयास रहने बुझिएको छ ।

निर्वाचन क्षेत्रअनुसार सहमति खोजेर तालमेलको गाँठो फुकाउने कसरतमा रहेका पाँच दलीय गठबन्धन आबद्ध दलबीचमा मूलगाँठो भने ती चार पदको भागबन्डामा अड्किएको हो । उच्च स्रोतका अनुसार नेपाली कांग्रेसले आगामी निर्वाचनपछि राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा इच्छा देखाएको छ । त्यस्तै, माओवादी केन्द्रले प्रधानमन्त्री पदमा चाहना गरिरहेको छ । नेकपा एकीकृत समाजवादीको पनि निर्वाचनपछिको राष्ट्रपति पदमा दाबी देखिएको छ ।

‘गठबन्धनबीच चुनावी तालमेल दुई-चार सिट तलमाथि भए पनि हुन्छ तर मूल चुरो चार पदमा अड्किएको छ,’ समाचार स्रोतले भन्यो, ‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभा अध्यक्षमा कुरा अड्किएको हो, सबैभन्दा बढी जोड राष्ट्रिय सभा अध्यक्षबाहेकका तीन पदमा छ ।’

त्यस्तै, जसपाले सभामुखमा चासो राख्दा जनमोर्चा पनि एक पद आफ्नो पक्षमा पार्ने दाउमा देखिएको छ । गठबन्धनबीच सिट बाँडफाँटमा भने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १ सय ६५ सिटमा लगभग सहमति हुने सम्भावना बढेको छ । बुधबार सहमति गरेर प्रतिवेदन तयार गर्ने प्रयास भइरहेको छ ।

गठबन्धनभित्र शीर्ष तहमा नेपाली कांग्रेसले ८५, लोकतान्त्रिक समाजवादीसहितका दललाई समेट्दा ९०, माओवादी केन्द्रले ४० देखि ४५, नेकपा एकीकृत समाजवादीलाई १८, जसपालाई १५ र राष्ट्रिय जनमोर्चालाई २ सिट दिने गरी प्राम्भिक खाका तयार गरिएको छ । कांग्रेसलाई सिट बढी दिँदा बाबुराम भट्टराई, वामदेव गौतम र लोसपालाई मिलाउने जिम्मा पनि कांग्रेसलाई नै दिनुपर्ने जनमोर्चाबाहेकका अन्य तीन दलको अडान छ ।

मतदान गर्न

बाँकी