कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा

कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा


ग्लोब नेपाल
702
Shares

काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्र निर्माणका लागि समिति गठन गरेको छ ।

कांग्रेसले आगामी निर्वाचनको लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले विधानको व्यवस्थाबमोजिम प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री शर्मालाई मनोनयन गरेका हुन् ।

अब संयोजक शर्माले समितिलाई पूर्णता दिएर घोषणापत्र तयारीको काम अघि बढाउनेछन् । स्थानीय तह निर्वाचनमा अर्का महामन्त्री गगन थापा संयोजकत्वको समितिले घोषणापत्र बनाएको थियो ।

मतदान गर्न

बाँकी