डेङ्गी नियन्त्रण र रोकथामका लागि राष्ट्रिय अभियान सञ्चालन हुने

डेङ्गी नियन्त्रण र रोकथामका लागि राष्ट्रिय अभियान सञ्चालन हुने


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सरकारले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोग नियन्त्रण र रोकथामका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पदाधिकारी, खानेपानी तथा सरसफाइ मन्त्रालयका पदाधिकारी र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पदाधिकारीबीच हिजो भएको छलफलको क्रममा डेङ्गी रोग नियन्त्रण र रोकथामका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय भएको हो ।

डेङ्गी रोग नियन्त्रण र रोकथामका लागि हाल जारी रहेको खोज र नष्ट गर अभियानलाई अबदेखि हरेक वर्ष राष्ट्रिय अभियानको रुपमा सञ्चालन गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जय ठाकुरले बताए । यो वर्ष असार यता देशभर ३ हजार ९ सय ५० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । तीव्र गतिमा डेङ्गी सङ्क्रमण पुष्टि हुन थालेपछि सरकारले सबैलाई सरसफाइमा ध्यान दिन र सतर्कता अपनाउन आग्रह गरेको छ ।