निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशले पठाएका उम्मेदवारबारे छानविन गर्दै एमाले

निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशले पठाएका उम्मेदवारबारे छानविन गर्दै एमाले


ग्लोब नेपाल
648
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीमार्फत केन्द्रमा आएका उम्मेदवारहरूबारे छानविन थालेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तोकिएको मापदण्डमा रहेर उम्मेदवार छनोट गरी निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै पार्टी केन्द्रमा पठाउन निर्देशन दिएको थियो । सोहीअनुसार केन्द्रमा आएका नामबारे आन्तरिक छानबिन भइरहेको एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

एमालेले २२ भदौभित्र प्रदेशहरूलाई उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको थियो । सचिव अधिकारीले आएका सिफारिसबारे छानविन पनि भइरहेको बताए ।

उनकाअनुसार ‘बिहीबार बिहानसम्म तीन प्रदेश (गण्डकी, सम्पर्क समन्वय समिति र उपत्यका समन्वय समिति) को सिफारिस आइसकेको छ भने, अरु प्रदेशको आउने क्रममा रहेको छ । ‘बिहीबार बिहानसम्म तीन प्रदेश (गण्डकी, सम्पर्क समन्वय समिति र उपत्यका समन्वय समिति) को सिफारिस आइसकेको छ । अरु आउने क्रममा छ’, सचिव अधिकारीले भने, बिहीबार बेलुकासम्म सबै प्रदेशको आइसक्छ भन्ने अपेक्षा छ।’

एमाले नेताहरुका अनुसार प्रदेशबाट आएका नाममा प्रदेश कमिटीका इन्चार्जसहित सरोकारवालासँग छलफल पनि भइरहेको छ । तर सबै प्रदेशबाट नाम आइसकेपछि सचिवालय बैठक बसेर कुन निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भनेर अन्तिम निर्णय गर्ने एमालेले जनाएको छ ।

मतदान गर्न

बाँकी