राष्ट्रिय सभाका नवनिर्वाचित सभापतिले लिए सपथ

राष्ट्रिय सभाका नवनिर्वाचित सभापतिले लिए सपथ


ग्लोब नेपाल
81
Shares

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले सपथ लिएका छन् ।

बिहीबार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभापतिहरूलाई पद तथा गोपनीयताको सपथ गराए ।

करिब ७ महिनादेखि रिक्त चारवटा समितिमा चार प्रमुख दलले एक/एकवटा सभापति लिएका छन् । बिहीबार नै बसेको सम्बन्धित समितिको बैठकले उनीहरूलाई निर्विरोध सभापति चयन गरेको हो ।

दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दीलकुमारी रावल थापा (पार्वती) सभापतिमा निर्विरोध भएका थिए ।

राष्ट्रिय सभाका समिति सभापतिहरूको निर्वाचन प्रत्येक २ वर्षमा हुने निमायवलीमा व्यवस्था रहेको छ ।