बाँकी ७५ सिटको निर्णय गर्ने जिम्मा शीर्ष नेताहरूलाई

बाँकी ७५ सिटको निर्णय गर्ने जिम्मा शीर्ष नेताहरूलाई

९० सिटमा सहमति


ग्लोब नेपाल
837
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुङ्गो लगाउन शीर्ष नेताहरूको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । शुक्रबारको बैठकले सिट बाँडफाँटबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । नेताहरूका अनुसार ९० सिटमा कार्यदलले सहमति गरेर बाँकी ७५ सिटको बारेमा निर्णय गर्ने जिम्मा शीर्ष नेताहरूलाई दिइएको छ ।

बिहीबार बसेको गठबन्धन कार्यदलको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन दलहरु बीचमा सिट बाँडफाँटमा सहमति हुन नसकेपछि शीर्ष नेताहरुलाई नै सिट बाँडफाँडको अन्तिम टुंगो लगाउन प्रतिवेदन बुझाएको थियो । शुक्रबारको सत्ता गठबन्धनको बैठकले कार्यदललको बुझाएको प्रतिवेदनको अध्ययन गर्नेछ ।