शनिबार ४ बजेसम्मका लागि गठबन्धनको बैठक स्थगित

शनिबार ४ बजेसम्मका लागि गठबन्धनको बैठक स्थगित


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार (आज) बस्ने भनिएको बैठक शनिबार दिउसो ४ बजेसम्मका लागि स्थगित गरिएको हो । बालुवाटारमा शुक्रबार (आज) ३ बजे नै गठबन्धनको बैठक बस्ने तय भएको थियो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ ।

अब गठबन्धनको बैठक भोलि चार बजे बस्नेछ । सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाइसकेका छ । बैठकबाट शीर्ष नेताले सिट बाँडफाँट गरी टुंगो लगाउने बताइएको छ ।