पोलियोको संक्रमण देखा परेसँगै न्यूयोर्क सहरमा आपतकालको घोषणा

पोलियोको संक्रमण देखा परेसँगै न्यूयोर्क सहरमा आपतकालको घोषणा


ग्लोब नेपाल
108
Shares

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा पोलियोका कारण आपतिकालको घोषणा गरिएको छ । पोलियोको संक्रमण तीव्र रुपमा फैलन थालेपछि आपतकालको घोषणा गरेको बीबीसीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुले न्यूयोर्क शहर र अन्य चार काउन्टीहरुमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको बताएका छन् ।

हालसम्म एक जना मात्र पोलियोका संक्रमित फैला परेपनि संक्रमण फैलन नदिन सावधानी अपनाइएको अधिकारीहरुले जनाएका छन् । सन् १९५५ मा सुरू भएको खोपले अमेरिकाबाट पोलियो निर्मुल पारिएको थियो । सन् १९७९ सम्म अमेरिकालाई पोलियोमुक्त घोषणा गरिएको थियो । तर, अधिकारीहरुले न्यूयोर्कका केही भागमा पोलियोको संक्रमण फेरि देखा परेको बताएका छन् ।

आपतिकालको घोषणा गरेर सो क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागेको अधिकारीहरुले बताएका छन् । पोलियोको निश्चित उपचार नभएपनि केही खोपले यसलाई नियन्त्रण गर्न सकिने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । सन् २०१३ पछि सो राज्यमा पोलियोका बिरामी छिटफुट मात्रामा देखिएको बताइएको छ । सो क्षेत्रमा पुनः खोप अभियान सञ्चालन गर्ने बताइएको छ ।

पोलियोसँगै पक्षघातका बिरामी बढेपछि न्यूयोर्क सहरमा तेस्रो पटक अपतकालको घोषणा गरिएको हो । यसअघि कोरोना महामारी र मंकपिक्सका कारण पनि सो क्षेत्रमा स्वास्थ्य आपतकालको घोषणा गरिएको थियो ।