दूतावास पुगेर प्रधानमन्त्रीले गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त 

दूतावास पुगेर प्रधानमन्त्रीले गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त 


ग्लोब नेपाल
0
Shares

काठमाडौै । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् । महारानी एलिजावेथ द्धितीयकोे बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरेका छन् ।