भारतीय अभिनेत्री कंगना रनौतले निर्देशक करण जोहरदेखि अयान मुखर्जीलाई निशाना बनाएकी छिन् । उनले अयान मुखर्जीलाई जीनियस भन्नेहरूलाई जेल हाल्नु पर्ने बताएकी छिन् ।
रणवीर कपुर स्टारर फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भए पछि फिल्मलाई लिएर दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया आइरहेको छ । अब फिल्मलाई लिएर कंगना रनौतले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी छिन् । ‘ब्रह्मास्त्र’ लाई दिएको नेगेटिभ रिभ्युको स्क्रिनसट सेयर गर्दै कंगनाले लेखिन्, ‘जब तिमी झुट बेच्ने प्रयास गर्छौ ।’
कंगनाले भनिन्, ‘करण जोहरले मानिसहरूलाई हरेक शोमा रणवीर र आलियालाई उत्कृष्ट अभिनेता र अयान मुखर्जीलाई जीनियस भन्न बाध्य पार्छन् । बिस्तारै मानिसहरूले यो झुटो पत्याउन थाले । करणले आफ्नो करियरमा एउटा पनि राम्रो फिल्म बनाउन नसकेको निर्देशकलाई ६०० करोड दिए ।’
कंगनाले थपेकी छिन्, ‘अब उनको गुटबन्दीले उनलाई नै टोकिरहेको छ । बेबी पीआरसँग विवाह, नियन्त्रित मिडिया, केआरकेलाई जेल, समीक्षा किन र टिकट पनि किन । यी मानिसहरू सबैकुरा बेइमानले गर्छन् तर एउटा राम्रो इमान्दार फिल्म भने बनाउन सक्दैनन् ।’
उनले फिल्मको लागि ४ सय दिनभन्दा बढी समय लगाएका थिए । ६०० करोड लगानी खरानीमा परिणत भयो । यसै क्रममा कंगनाले एउटा समाचारको स्क्रिनसट सेयर गरेकी छिन् । ‘ब्रह्मास्त्र’ का कारण पीभीआर र आइनक्सका लगानीकर्तालाई ८०० करोड घाटा भएको बताइएको छ ।
अयान मुखर्जीद्वारा निर्देशित ‘ब्रह्मास्त्र’ सेप्टेम्बर ९ मा भारतका ५ हजार १९ स्क्रिनहरूमा र विदेशमा करिब ३ हजार ८९४ स्क्रिनहरूमा रिलिज भयो । फिल्मको वितरण अधिकार स्टार स्टुडियोसँग छ । २१ फक्स स्टार स्टुडियोको टाइटलबाट फक्स हटाइएको छ । यस्तोमा ‘ब्रह्मास्त्र’ यो स्टुडियोको नयाँ नामसहित रिलिज भएको पहिलो फिल्म हो । यस्तै, फिल्मलाई वाल्ट डिज्नी स्टुडियो मोशन पिक्चर फिल्मद्वारा विश्वव्यापी वितरण गरिएको छ ।
प्रतिक्रिया