गठबन्धन बैठकमा आज पनि जुटेन सहमति

गठबन्धन बैठकमा आज पनि जुटेन सहमति


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक आईतबार (आज) पनि सीट बाँडफाँटविनै टुंगिएको छ ।

आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पनि गठबन्धनमा आज पनि शीर्ष नेताहरुले निष्कर्ष निकाल्न नसकेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए। उनका अनुसार भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुंगिएको हो ।

नेता खनालले कयौँ कुरा मिले पनि केही कुरा मिलाउन बाँकी रहेको बताए । ‘प्रधानमन्त्रीज्युसँग भेट गर्यौं। कार्यदलले अहिलेसम्म गरेको कुराबारे रिपोर्टिङ भयो,’ खनालले बैठकपछि बाहिरिँदै भने, ‘कयौँ कुरा मिलेका छन्। कयौँ कुरा मिलाउन बाँकी भएको भन्ने रिपोर्टिङ भएको छ।’

उनले अधिकांश विषयहरु भोलि मिल्ने दाबी गरेका छन्। ‘हामी भोलि बिहान बसेर टुंगो लगाउने भनेका छौँ। अधिकांश विषय भोलि टुंगो लाग्छ’, खनालले भने।

गठबन्धन अहिले संघीय संसदकै सिटमा अल्झिएको छ। खासगरी मधेश प्रदेशका सिटलाई लिएर कांग्रेस र जनता समाजवादीबीच चर्को मतभेद छ।