महाभियोग सिफारिस समितिमा जबरासँग चौंथो दिनको बयान शुरू

महाभियोग सिफारिस समितिमा जबरासँग चौंथो दिनको बयान शुरू


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बैठक सुरु भएको हो ।

बैठक सुरु भएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान पनि सुरु गरिएको छ । जबराको आइतबार चौथो दिनको बयान हो । यसअघि तीन दिन लिइएको बयानमा उनीसँग ११ वटा प्रश्न सोधिएको थियो । उनले बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य नै सकिएको दाबी गर्दै आएका छन् ।

जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो । गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका हुन् ।