कृष्णबहादुर महरा दाङ-२ बाट एकल सिफारिस

कृष्णबहादुर महरा दाङ-२ बाट एकल सिफारिस


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेकपा माओवादी माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरा प्रतिनिधि सभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट एकल सिफारिस भएका छन् ।

माओवादी केन्द्रको आइतबार घोराहीमा बसेको जिल्ला स्तरीय भेलाले महराको नाम सर्वसम्मत सिफारिस गरेको हो । २०७४ को प्रतिनिधिसभामा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार रहेर महरा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

महरा रोल्पाबाट पनि प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् । रोल्पाबाट महरासहित वर्षमान पुन, जयपुरी घर्ती, झक्कु प्रसाद सुवेदी र ओनसरी घर्ती सिफारिस भएका छन् ।

दाङ २ मा नेकपा एमालेबाट महासचिव शंकर पोखरेलको पनि एकल सिफारिस भइसकेको छ ।