बेलकोटगढी नगरपालिकाको १० र १३ नं. वडामा आँखा शिविर सञ्चालन हुने

बेलकोटगढी नगरपालिकाको १० र १३ नं. वडामा आँखा शिविर सञ्चालन हुने


ग्लोब नेपाल
2.3k
Shares

विदुर । बेलकोटगढी नगरपालिकाको वडा नं. १० र १३ मा दृष्टि आँखा अस्पताल कलंकी काठमाडौंको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन हुने भएको छ । वडा कार्यालय भवन बाराहीमा सञ्चालन हुने उक्त शिविर बुधबार बिहान १० बजेबाट दिउँसो १ः३० सम्म हुनेछ । आँखामा समस्या भएका सर्वसधारणले शिविरबाट फाइदा लिनसमेत वडा कार्यालयले अनुरोध गरेको छ ।

बेलकोटगढी नगरपालिकाको वडा नं. १० र १३ का सर्वसाधारणका लागि शिविर सञ्चालन गरिएको हो । दृष्टि आँखा अस्पतालसँग नगरपालिकाले महिनाको पटक शिविर सञ्चालन गर्ने सम्झौता गरेको छ ।

मोतियाविन्दुको शल्यक्रिया गर्नु परेमा दृष्टि आँखा अस्पताल कलंकी शाखामा विशेष छुटको पनि व्यवस्था गरेको छ । ९ हजार रुपैयाँ लाग्ने शल्यक्रियामा ६ हजार ५ सय विरामीले तिर्नुपर्ने र २ हजार ५ सय वडाध्यक्ष तथा वडा सदस्यहरुको सिफारिसमा दृष्टि आँखा अस्पतालले सहुलियत प्रदान गर्नेछ । उक्त सम्झौतामा वडा नं. १० का वडाध्यक्ष प्रल्हाद थपलिया र १३ नं. वडाध्यक्ष नमराज पाण्डेले हस्ताक्षर गरेका छन् ।