ओखलढुंगामा प्याराग्लाइडिङको सफल परीक्षण, व्यवसायिक अनुमतिको पर्खाइमा

ओखलढुंगामा प्याराग्लाइडिङको सफल परीक्षण, व्यवसायिक अनुमतिको पर्खाइमा


ग्लोब नेपाल
1.9k
Shares

ओखलढुंगा । पर्यटक आकर्षित गर्ने प्याराग्लाइडिङ ओखलढुंगामा सफल परीक्षण भएको छ । जिल्लामा रहेका पर्यटकीय स्थलहरुमा प्याराग्लाइडिङको सफल परीक्षण भएको हो । सफल परीक्षणपछि व्यवसायिक अनुमतिका लागि व्यवसायीहरु पर्खाइमा रहेका छन् ।

जिल्लाको ३ हजार ३ सय ५० मिटर अग्लो नेपालको पर्यटकीय गन्तव्यमा सूचिकृत देम्बा डाँडा, सिद्धिचरण नगरपालिकाको थाम तथा देउराली डाँडा र चम्पादेवी गाउँपालिकाको मन्टु, जागिरे र भाडेक डाँडाबाट प्यारा ग्लाइडिङको सफल परीक्षण भएको थियो । ती क्षेत्रमा प्यारा ग्लाइडिङको व्यवसायिक सम्भावनासमेत देखिएको छ ।

स्थानीय सरकारले चासो नदिँदा लगानी गर्ने रहर हुँदाहुँदै पनि प्याराग्लाइडिङलाई व्यवसायिकता दिन समस्या भएको सिद्धिचरण नगरपालिकाका स्थानीय राम श्रेष्ठले जानकारी दिए । प्याराग्लाइडिङले पर्यटक आकर्षित गर्न र जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रवद्धन गर्न सकिने व्यवसायीहरु बताउँछन् ।