काठमाडौं–३ (क) बाट समानुपातिकमा नानु

काठमाडौं–३ (क) बाट समानुपातिकमा नानु


ग्लोब नेपाल
3k
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा दलहरुलाई उम्मेदवार छान्न जति सकस परेको छ त्योभन्दा बढी कठिन गठबन्धन दलका शीर्ष नेताहरुलाई भागवण्डा मिलाउन परेको छ । तथापि उम्मेदवार छनोट गरेर केन्द्रमा नाम पठाउने क्रम भने सबै राजनीतिक दलमा तीब्र गतिमा भइरहेको छ ।

नेपाली कांग्रेसले पनि निर्वाचन उम्मेदवार छनोट गरेर केन्द्रमा नाम पठाउने क्रमलाई अन्तिम रुप दिइसकेको छ । यसै मेसोमा कांग्रेस काठमाडौं–३ ले पनि उम्मेदवार सिफारिस टुंगो लगाएको हो ।

काठमाडौं क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसले केन्द्रीय सदस्य अम्बिका बस्नेत, क्षेत्रीय सभापति सन्तोष चालिसे, महासमिति सदस्य हरिबोल भण्डारी, पूर्वक्षेत्रीय सभापति परशुराम पोखरेल, नेपाल महिला संघ काठमाडौ सभापति विष्णु पुडासैनी र कांग्रेस पूर्व क्षेत्रीय सभापति जगन्नाथ धिमालको नाम सिफारिस गरेको छ ।

नेपाली काँग्रेसकी युवा नेतृ नानु दाहालको नाम काठमाडौं क्षेत्र नम्बर–३ (क) बाट समानुपातिक उम्मेदवारको सूचिमा सिफारिस भएको छ । कांग्रेस बागमती प्रदेश काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेश समिति (क) को कार्यसमिति बैठकले दाहाललाई समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको हो । उनको सिफारिसलाई क्षेत्र र जिल्लाले समेत अनुमोदन गरी माथिल्लो निकायमा सिफारिस गरिसकेको छ । उनी नेपाली काँग्रेस बागमती प्रदेस समिति सदस्य तथा पार्टीको युवा नेतृ हुन् ।

काठमाडौ–६ महांकाल निवासी दाहालले ओखलढुंगा रामपुरमा जन्मेर काठमाडौ पदमकन्या क्याम्पसबाट उच्च शिक्षा हासिल गरेकी हुन् । नेतृ दाहाल व्यवसाय, समाजसेवा र राजनीतिमा अब्बल मानिन्छिन् । नेपाली काँग्रेसको सिद्धान्त र विचारप्रति निष्ठावान् तथा लोकतन्त्रमा प्रतिबद्ध, सरल र असल स्वभावकी युवा नेतृ दाहाल पार्टी नेतृत्वबाट दिइएको जिम्मेवारी पूरा गर्न जस्तोसुकै चुनौति सामना गर्न तयार हुन्छिन् ।

‘म लोकतन्त्र र नेपाली काँग्रेसको चारतारे झन्डाप्रति पूर्ण प्रतिबद्ध छु । कांग्रेस जिताउने अभियानमा छु’, नानुले भनिन् ‘पार्टीको जुनसुकै तहमा रहेर पनि काम गर्न सक्छु भन्ने कुरा नेतृत्व र सिङ्गो पार्टीलाई जानकारी भइसकेको छ, त्यसैले यसपटक पार्टीको साथ र समर्थनमा जनताको उम्मेदवार बनेको छु’ ।