काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपमा भारतविरुद्ध अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले भारतविरुद्ध १-० गोलको अग्रता बनाएको छ। नेपालका तर्फबाट रश्मी कुमारी घिसिङले पहिलो हाफको अन्त्यतिर गोल गरेपछि नेपालले १-० को अग्रता बनाएको हो । घिसिङले पहिलो हाफको इन्जुरी समयमा गोल गरिन् । यस खेलको विजेताले फाइनलमा बंगलादेशको सामना गर्नेछ ।
पहिलो सेमिफाइनलमा भुटानलाई ८-० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ ।
फाइनल खेल सोमबार हुनेछ ।
प्रतिक्रिया