मेक्सिकोमा ७.६ म्याग्निच्युडको भूकम्प, सूनामी आउनसक्ने चेतावनी

मेक्सिकोमा ७.६ म्याग्निच्युडको भूकम्प, सूनामी आउनसक्ने चेतावनी


ग्लोब नेपाल
135
Shares

मेक्सिकोको सेन्ट्रल प्यासिफिक कोष्टमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परी १ जनाको मृत्यु भएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण केही भवनहरुमा क्षति पुगेको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

भूकम्पको धक्का मेक्सिकोको राजधानीसहित विभिन्न शहरहरुमा महसुश गरिएको थियो । भूकम्पको केन्द्रविन्दु रहेको स्थानमा सुनामी समेत जान सक्न चेतावनी दिइएको छ ।

मेक्सिकोमा सन् १९८५ मा भएको ८ दशमलब म्याग्निच्युडको भूकम्पका कारण ९ हजार ५ सय जनाको मृत्यु भएको थियो । यस्तै सन् २०१७ मा भएको ७ दशमलब १ म्याग्निच्युडको भूकम्पमा परि ३ सय ६० जनाको ज्यान गएको थियो । दुइ ठूला भूकम्प गएको दिन नै मेक्सिकोमा फेरि भूकम्प गएको हो ।