बलायर कैलाली ४ बाट उम्मेदवार उठ्न तयार, आलेलाई छाडे डोटी

बलायर कैलाली ४ बाट उम्मेदवार उठ्न तयार, आलेलाई छाडे डोटी


ग्लोब नेपाल
108
Shares

धनगढी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने भएका छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बलायरलाई कैलाली ४ र ५ मध्ये एक रोज्न भनेका थिए। आफूले कैलाली- ४ रोजेको बलायर बताए । ‘म पार्टीको सिपाही हुँ। जहाँबाट लड्न भन्यो, त्यहीँबाट लड्छु’, उनले भने, ‘अहिले कैलाली- ४ बाट चुनाव लड्ने तयारी गर्नू भनिएको छ।’ यसअघि कैलाली-४ मा वाम गठबन्धनबाट तत्कालीन माओवादी केन्द्रका नेता (हाल एमाले सचिव) लेखराज भट्ट विजयी भएका थिए । भट्ट अहिले पनि एमालेबाट कैलाली ४ को एकल दावेदार हुन् । उनको नाम एमालेबाट एकल सिफारिस समेत भइसकेको छ ।

२०७४ मा बामगठबन्धनबाट तत्कालिन नेकपा एमालेका प्रेम आलेले डोटीमा निर्वाचन जितेका थिए । आले हाल एकीकृत समाजवादीमा छन् । अघिल्लो स्थानमा आधारमा आलेले डोटीमा दाबी गर्दै आएका थिए । बलायर डोटीबाटै प्रतिनिधि सभाको तयारी गरिरहेका थिए। उनी २०७४ मा डोटीबाट । डोटी एकीकृत समाजवादीका आलेलाई छाड्नुपर्ने भएपछि उनलाई नयाँ क्षेत्रमा पठाइएको हो।

आफू सुदूरपश्चिम प्रदेशकै सभापति पनि भएकाले कैलाली-४ बाट प्रतिनिधित्व गर्दा सहज हुने उनले बताए। तर डोटीमा आफ्नो निरन्तर आउजाउ रहने उनको भनाइ छ।

यसअघि आलेलाई छोड्न नसकिने दाबी गर्दै आएका बलायर लचिलो बनेका छन् । गृह जिल्ला डोटी छोडेर बलायर कैलाली ४ मा गठबन्धनबाट उम्मेदवार बन्ने भएका छन् ।